सुन्दरीजलमा मोटरसाईकल दर्घटना, चालकको मृत्यु

काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिका –१ सुन्दरीजलमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको ज्यान गएको छ ।

आइतबार राति भएको दुर्घटनामा बा ९ प ४५६ नम्बरको मोटरसाइकल चालक स्वछन्द पुडासैनीको मृत्यु भएको महानगरीय प्रहरी प्रभाकर सुन्दरीजलले जानाकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल अनियन्त्रित भई पिपलको रुखमा ठोकिएर दुर्घटना भएको प्रहरीको भनाइ रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *