कासा जहाज चढेर प्रधानसेनापति भोली भारत जाँदै

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा मंगलबार भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। भारत भ्रमणमा जाँदा शर्माले सेनाको इन्डोनेशिया निर्मित आफ्नै कासा जहाज प्रयोग गर्ने भएका छन्। प्रधानसेनापति शर्मा भोली बिहान सबेरै नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा सेनापति शर्माले सम्भवतः भारतीय राष्ट्रपति रामनाथ कोविन्दको हातबाट भारतीय सेनाको मानार्थ सेनापतिको उपाधी ग्रहण गर्ने कार्यक्रम छ । दुई देशवीच यस्तो मित्रता लामो समयदेखि चल्दै आएको हो । ०७२ को नाकावन्दी खोल्नमा पनि दुई देशका सेनाको महत्वपूर्ण भूमिका थियो ।

टोलीमा सबै जना गरेर बढीमा १५ जना हुनेछन् । तीमध्ये अधिकांश सेनापतिको सचिवालयका टीम मेम्बर हुन् । अहिले जंगी अड्डामा भारत भ्रमणमा जाने टोलीको बिदाइ कार्यक्रम राखिएको छ । आज सेनाको श्रीमती संघ स्थापना दिवस पनि हो । स्वर्गीय रानी ऐश्वर्यको जन्मदिनको अवसरमा पहिलादेखि नै संघको वार्षिकोत्सव मनाउने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *