एमाले नभएको भए फेरि १७ साल आइसक्थ्योः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनलाई लोकतन्त्रको ‘भक्षक’ को संज्ञा दिएका छन् ।

आइतबार नेकपा एमाले कर्णाली प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनलाई लोकतन्त्र, लोकतान्त्रिक मूल्य, मान्यता नभई आफ्नो स्वार्थ पूर्तिका लागि केवल सत्तामात्रै चाहिएको बताएका हुन् ।

उनले एमाले नभएको भए १७ साल आइसकेको हुने दाबी गरे । एमाले नभएकै कारण २००७ सालपछि १७ साल आएको तर अहिले एमाले भएकाले आउन नसकेको उनको भनाई थियो ।

उनले एमालेले संविधान च्यात्न नदिने र लोकतन्त्रलाई तलमाथि हुन नदिने बताए । उनले भने, ‘एमाले हुँदैनथ्यो भने १७ साल अस्ति नै आइसक्थ्यो । तर यहाँ एमाले छ । हामी सरकार छोडन तयार छौ, संविधान च्यात्न दिँदैनौं । हामी लोकतन्त्र तलमाथि हुन दिँदैनौं । लोकतन्त्र छोड्न हामी तयार छैनौं ।’

अध्यक्ष ओलीले आफ्नो पार्टीविरुद्ध भ्रम फैलाउने काम गरिएको उल्लेख गर्दै त्यसका विरुद्ध सामाजिक सञ्जालमार्फत् ‘वार’ गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *