आज यी स्थानमा हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका केही स्थानमा हिमपातको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । भने, पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

यसैगरी, आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भूभागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।

साथै प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै, राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *