चेल्सी र बार्सिलोनाको संघर्षपुर्ण जित

एजेन्सी । युईएफए च्याम्पियन्स लिगमा चेल्सी र बार्सिलोनाले संघर्षपुर्ण जित निकालेका छन् । गएराति भएको खेलमा चेल्सीले माल्मो एफएफलाई १-० गोलले हराउँदै प्रतियोगितामा तेस्रो जित निकालेको हो ।

चेल्सीलाई जित दिलाउन हकिम जियेचले खेलको ५६ औं मिनेटमा गोल गरेका थिए । एकपक्षीय खेलमा चेल्सीले गोल गर्ने थुप्रै अवसर सिर्जना गरेपनि बललाई जाली चुमाउन सकेन ।

जितसँगै चेल्सी ४ खेलबाट ९ अङ्क जोड्दै समूह ‘एच’को दोस्रो स्थानमा रहेको छ । प्रतियोगिताको चारै खेलमा पराजित माल्मो अङ्कविहिन रहँदै समूहको पुछारमा छ ।

यस्तै हिजै राति भएको अर्को खेलमा क्याटलान क्लब बार्सिलोनाले ड्यानामो किभलाई १-० गोलले पराजित गरेको हो । युक्रेनमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन अन्सु फातीले खेलको ७० औं मिनेटमा निर्णायक गोल गरे ।

जितसँगै बार्सिलोना ४ खेलबाट ६ अङ्क जोड्दै समूह ‘ई’को शिर्ष स्थानमा रहेको छ । पराजित किभ १ अङ्कको साथ पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *