दुई गोल गर्दै रोनाल्डोले युनाइटेडलाई हारबाट बचाए

एजेन्सी । पोर्चुगिज सुपस्टार खेलाडीले दुई गोल गरेपछि म्यानचेस्टर युनाइटेडले युईएफए च्याम्पियन्स लिगमा बराबरी खेलेको छ । मंगलबार राति समूहचरण अन्तर्गत भएको खेलमा म्यानचेस्टर युनाइटेडले एटलान्टासँग २-२ गोलको बराबरी खेलेको हो ।

गेविस रंगशालामा भएको खेलमा युनाइटेडको लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दा एटलान्टाको लागि जोसिप इलिसिक र डुभान जापाटाले एक/एक गोल गरे । घरेलु मैदानमा भएको खेलमा दुई पटक अग्रता लिएपनि जोगाउन नसक्दा एटलान्टा बराबरीमा रोकिन बाध्य भयो । खेलको १२ औं मिनेटमा जापाटाको पासमा इलिसिकले गोल गर्दै एटलान्टालाई खेलमा अगाडि बढाएका थिए ।

पहिलो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई १-१ गोलको बराबरीमा ल्याए । ५६ औं मिनेटमा पालोमिनोको पासमा जापाटाले गोल गर्दै घरेलु टोलीलाई फेरि २-१ गोलको अग्रता दिलाए । तर अतिरिक्त समयको पहिलो मिनेटमा ग्रिनवुडको पासमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई हारबाट बचाए ।

बाँकी समयमा थप गोल हुन नसक्दा दुवै टोलीले १/१ अङ्क बाढे । बराबरीसँगै युनाइटेड ४ खेलबाट ७ अङ्क जोड्दै समूह ‘एफ’को शिर्ष स्थानमा रहेको छ । पराजित एटलान्टा ३ खेलबाट ५ अङ्क जोड्दै तेस्रो स्थानमा झरेको छ । हिजै राति सम्पन्न समूहको अर्को खेलमा भिल्लारियलले योङ ब्वाइजलाई २-० गोलले हरायो । जितसँगै भिल्लारियल ४ खेलबाट ७ अङ्क जोड्दै समूहको दोस्रो स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *