काठमाडौं । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय टोली र रक्षा समाचार दाताबीच मंगलबार मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । मंगलबार भएको खेलमा निर्देशनालयले रक्षा समाचार दातामाथि ६–२ गोलको फराकिलो जित निकालेको हो ।
खेलमा सेनाकातर्फबाट प्रवक्ता सन्तोष बल्लभ पौडेल, महासेनानीद्वय ईश्वर श्रेष्ठ र पद्म बुढा, प्रमुख सेनानी प्रद्युम्न पौडेल तथा सेनानीद्वय विजय पाण्डे र रिसभ कार्कीले गोल गरेका थिए । त्यस्तै सञ्चारकर्मीका तर्फबाट पुरुषोत्तम खत्री र उजिर कार्कीले एक/एक गोल गरे । सैनिक मुख्यालय जङ्गी अड्डा परिसरको खेल मैदानमा भएको खेलमा सेनाका तर्फबाट सहायक रथी पौडेल र समाचारदाताका तर्फबाट नेपाल पत्रकार महासङघका पूर्वउपाध्यक्ष दिलीप थापामगरले नेतृत्व गरेका थिए ।
सेना र सञ्चार माध्यमबीचको सम्बन्ध विस्तार गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगिताको सैनिक तालिम महानिर्देशक उपरथी निरञ्जनकुमार श्रेष्ठले दुवै टिमका कप्तानलाई बल प्रदान गरी खेल उद्घाटन गरेका थिए ।