स्याङ्जा । उद्योग बाणिज्य संघ स्याङ्जाले ईन्जिनियर अनुप श्रेष्ठलाई एक कार्यक्रमका बिच सम्मान गरेको छ । कोरोना संक्रमणको बेलामा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै जनतालाई सेवा दिएकोमा स्कूल अफ डेमोक्रेसी स्याङ्जाका अधक्ष्य श्रेष्ठलाई संघले सोमबार सम्मान गरेको हो ।
पछिल्लो समय स्कूल अफ डेमोक्रेसी स्याङ्जाले जिल्ला भित्र छुट्टै पहिचान बनाउन सफल भएको छ । दिन दुःखीलाई सहयोग देखि लिएर हरेक कार्यमा स्कूल अफ डेमोक्रेसी स्याङ्जाले अग्रणी भूमिका खेलेको छ । श्रेष्ठले आगामी दिनमा झन् क्रियाशील र रचनात्मक भएर समाज सेवामा समर्पित हुने कुरा कार्यक्रममा बताए ।
-नबराज पौडेल