प्रदेश एकमा मुख्यमन्त्रीका लागि ४९ सांसदको हस्ताक्षरसहित राईको दाबी

विराटनगर । प्रदेश एकमा मुख्यमन्त्रीका लागि नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राईले दाबी पेश गरेका छन् । विपक्षी गठबन्धनका तर्फबाट ४९ सांसदको हस्ताक्षरसहित राईले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

यसअघि प्रदेश प्रमुख सोमनाथ अधिकारीले मंगलबार दिउँसो १ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका थिए । मुख्यमन्त्री भीम आचार्यले दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख अधिकारीले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा (एकीकृत समाजवादी)का १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसदले हस्ताक्षर गरेका छन् । ९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत भए पुग्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *