दोस्रो दिन माथिल्लो काल्खु, युनिक गाइज, दिपेन्द्र स्मृति र ढोरबराही शाहासी विजयी

दुलेगौंडा । छब्दी देउरालीमा आयोजित प्रथम साविक गाउँ तथा वडास्तरीय पुरुष/भेट्रान्स भलिबल प्रतियोगितामा आज चार खेल सम्पन्न भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका-१०, छब्दी देउराली स्थित कुसुन्डे खेल मैदानमा सोमबार भएको खेलहरुमा माथिल्लो काल्खु युथ क्लब, युनिक गाइज, दिपेन्द्र स्मृति युवा क्लब, ढोरबराही शाहासी युवा क्लब जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेका हुन् ।

दिनको पहिलो खेलमा माथिल्लो काल्खु युथ क्लब,पुतलीबजार स्याङ्जाले छब्दी देउराली युथ क्लब ‘सी’लाई २-० को सोझो सेटमा पराजित गरेको हो । दोस्रो खेलमा कास्की रुपा भिरचोकको युनिक गाइजले लहरे युथ क्लबलाई २-० को सेटमा हराएको हो । एकपक्षीय खेलमा पहिलो सेट २५-१९ ले आफ्नो पक्षमा पारेको युनिकले दोस्रो सेट २५-२२ ले जितेको हो ।

तेस्रो खेलमा दिपेन्द्र स्मृति युवा क्लबले भगवती युथ क्लबलाई २-० को सेटमा पराजित गर्यो । दिपेन्द्र स्मृतिले २५-२१ र २५-१९ ले सेट जितेको हो । यस्तै दिनको चौथो तथा अन्तिम खेलमा ढोरबराही शाहासी युवा क्लब घोर्मेले मिनाम खानी युथ क्लबलाई २-० को सेटमा पराजित गरेको हो । पहिलो सेटमा २५-२१ ले जितेको ढोरबराहीले दोस्रो सेटमा २५-१७ को सहज जित निकाल्दै दोस्रो चरणमा आफ्नो स्थान सुरक्षीत गरेको हो ।

यस्तै भोलिपनि लोकादिटार युवा क्लब, चेप्टे स्याङ्जा, थामडाँडा, बराहडाँडा, बाबिया डाँडा, दशघाहा, मलागिरी र भिमाद लगायत अन्य टोलीबिच पहिलो चरणको खेल हुने आयोजकले बताएको छ । छब्दी देउराली युथ क्लबको आयोजनामा आइतबारबाट शुरु भएको प्रतियोगिता २०७८ कार्तिक १८ गतेसम्म चल्नेछ ।

प्रतियोगिताको पुरुषतर्फ च्याम्पियन हुने टोलीले नगद ४० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छ । दोस्रो हुने टोलीले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउँदा तेस्रो हुने टोलीलाई लगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र दिइनेछ ।

भेट्रान्सतर्फ पहिलो स्थान हात पार्ने टोलीले खसीसहित मेडल र प्रमाणपत्र पाउनेछ भने दोस्रो हुने टोलीले बोकासहित मेडल र प्रमाण पत्रमा चित्त बुझाउने छ । यस्तै वेस्ट स्पाइकर, वेस्ट डिफेन्डर, वेस्ट लिफ्टर, वेस्ट प्लेयर, अनुशासित खेलाडीलाईपनि शिल्ड, मेडल र प्रमाण पत्रकासाथ सम्मान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *