मिलानको जितमा इब्राहिमोभिकको गोल

एजेन्सी । जाल्टन इब्राहिमोभिकले गोल गरेको खेलमा एसी मिलानले जित हात पारेको छ । आइतबार राति इटालियन लिग सिरि ए अन्तर्गत भएको खेलमा १० खेलाडीमा समेटिएको मिलानले रोमालाई २-१ गोलले हराएको हो ।

स्टेडियो ओलम्पिकोमा भएको खेलमा मिलानलाई जित दिलाउन जाल्टन इब्राहिमोभिक र फ्रान्क केसिएले एक/एक गोल गरे । रोमाको लागि स्टेफान एल शारावेले एक गोल फर्काए । खेलको २६ औं मिनेटमा इब्राहिमोभिकले गोल गर्दै मिलानलाई खेलमा अगाडि बढाएका थिए । ५० औं मिनेटमा इब्राहिमोभिकले गोलगरेपनि अफसाइड भएपछि मिलानले अग्रता दोब्बर बनाउने मौका गुमाएको थियो ।

तर ५७ औं मिनेटमा फ्रान्क केसिएले पेनाल्टीमा गोल गर्दै मिलानको अग्रता दोब्बर बनाए । ६६ औं मिनेटमा डिफेन्डर थियो हर्नान्डेज रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि मिलान १० खेलाडीमा समेटिएको थियो । यस्तै अतिरिक्त समयको तेस्रो मिनेटमा एल शारावेले गोल गर्दै रोमालाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

तर बाँकी समयमा थप गोल हुन नसक्दा मिलान २-१ गोलले विजयी भयो । जितसँगै मिलान ११ खेलबाट ३१ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । पराजित रोमा समान खेलबाट १९ अङ्कको साथ चौथो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *