न्यायालयमा देखिएको विवादका विषयमा राजनीतिक दलहरु चुप लागेर बस्न मिल्दैनः घनश्याम भुसाल

काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले न्यायालयमा देखिएको विवादकाबारेमा राजनीतिक दलहरु बोल्नुपर्ने बताएका छन् । सामाजिक संजालमार्फत भुसालले दलाल पुँजीवादको गहिरिँदो सङ्कट अहिले सर्वोच्च अदालतमा देखापरेको बताएका हुन् ।

उनले अदालतसँग लेनदेनमा फसेर राजनीतिक दलहरुले नैतिक हैसियत गुमाइसकेका छैनन् भन्ने सावित गर्न पनि राजनीतिक दलहरुले यसविषयमा चुप लागेर बस्न नहने बताएका छन् ।

उनले भनेका छन्, ‘दलाल पुँजीवादको गहिरिँदो सङ्कट अहिले सर्वोच्च अदालतमा देखापरेको छ । दलहरु किन चूप छन् भनेर प्रश्नहरु उठेका छन् । अदालतसँग लेनदेनमा फसेर राजनीतिक दलहरुले नैतिक हैसियत गुमाइसकेका छैनन् भन्ने सावित गर्न पनि हामीले बोल्नुपर्छ । अदालतमा दलाल पूँजीवाद कमजोर हुँदा दलहरुको आन्तरिक लोकतन्त्र र पारदर्शीताले उत्प्रेरणा पाउँछ । किनकी अदालत र राजनीतिमा हुने दलाल पूँजीवाद एउटै हो ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *