लामागाँउको विजयी शुरुवात

दुलेगौंडा । प्रथम साविक गाउँ तथा वडास्तरीय पुरुष/भेट्रान्स भलिबल प्रतियोगितामा लामागाँउ युथ क्लबले विजयी शुरुवात गरेको छ । आइतबार भएको उद्घाटन खेलमा लामागाँउ युथ क्लबले छब्दी देउराली युथ क्लब ‘बी’लाई २-१ को सेटमा पराजित गरेको हो ।

कुसुन्डे खेल मैदानमा भएको खेलमा आयोजकको दोस्रो टोलीमाथि लामागाँउ हाबी देखियो । खेलाडीबिच राम्रो तालमेल हुन नसक्दा पहिलो सेट २५-११ ले गुमाएको छब्दीले दोस्रो सेट २५-१९ ले जितेको थियो । तर तेस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पार्दै लामागाँउले खेल २-१ सेटले आफ्नो पक्षमा पार्यो ।

भोलिपनि भलिबलसँगै अन्य कार्यक्रमपनि हुनेछ ।

यो पनि:- छब्दी देउरालीमा वडास्तरीय भलिबल प्रतियोगिता शुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *