प्रधानन्यायाधीश जबरासँग वार्ता गर्न न्यायाधीशहरुको तीन सदस्यीय वार्ता टोली गठन

काठमाडौं । आन्दोलनरत सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्ता गर्न तीन सदस्यीय टोली गठन गरेका छन् । न्यायाधीशहरू सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोज शर्मा रहेको वार्ता समिति गठन गरिएको हो ।

अघिल्लो आइतबारदेखि न्यायाधीशहरूले इजलास बहिष्कार गरेर प्रधानन्यायाधीश राणामाथि राजीनामाको दबाब बढाएका छन् । उनीहरुलाई प्रधानन्यायाधीश जबराको बहिर्गमन कसरी सहज हुन्छ भन्ने विषयमा छलफल गर्ने जिम्मेवारी दिइएको बताइएको छ । न्यायाधीशहरुको आन्दोलनका कारण सर्वोच्चमा मुद्दाको सुनुवाई हुन सकेको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *