प्रधानसेनापति शर्माद्वारा रथी राणालाई दज्र्यानी चिह्न प्रदान

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले रथीमा पदोन्नति भएका सरोजप्रताप राणालाई दज्र्यानी चिह्न प्रदान गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आइतबार आयोजित समारोहमा महारथी शर्माले रथी राणालाई दज्र्यानी चिह्न लगाई दिएका हुन् ।

मन्त्रिपरिषद्को यही कात्तिक ११ गतेकोे बैठकले उपरथी राणालाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । रथी राणालाई बलाध्यक्षको जिम्मेवारी प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *