काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपाल र स्विट्जरल्याण्डबीच आर्थिक संलग्नता र साझेदारी अभिवृद्धिमा जोड दिएका छन् । नेपालका लागि उक्त मुलुकका राजदूत एलिजाबेथ भोन क्यापलरसँग शुक्रबार आफ्नै कार्यकक्षमा भएको भेटमा उनले दुवै देशले आर्थिक संलग्नता बढाउनु पर्नेमा जोड दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यस अवसरमा उनीहरूबीच आपसी सम्बन्ध, पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श हुनाका साथै द्विपक्षीय र बहुपक्षीय सहयोगका विभिन्न पक्षमा पनि विचार आदानप्रदान भएको थियो ।