एजेन्सी । क्याटलान क्लब बार्सिलोनाको अन्तरिम प्रशिक्षकको रुपमा सेर्जी बार्जुआन नियुक्त भएका छन् । बुधबार बिहान मात्र मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको बार्सिलोनाले बार्जुआनलाई अन्तरिम प्रशिक्षकको रुपमा नियुक्त गरेको हो ।
बुधबार राति भएको खेलमा रायो भाल्लेकानोसँग १-० गोलले पराजित हुँदै लिगको १० खेलको समाप्तिमा नवौं स्थानमा रहेसँगै कोम्यान बर्खास्तमा परेका हुन् । गत अगस्टमा सेटिएनलाई प्रतिस्थापन गर्दै क्लबको मुख्य प्रशिक्षकको पद समालेका कोएमानले क्लबको चरम आर्थिक संटक र मुख्य खेलाडी लियोनल मेस्सी गुमाउनु पर्दा बार्सिलोनामा आफ्नो प्रभाव जमाउन सकेनन् ।
घरेलु लिगमा मात्र नभई च्याम्पियन्स लिगमापनि बार्सिलोनले गतिलो प्रदर्शन गर्न सकेको छैन । लिगको पहिलो खेलमा बायर्न म्युनिखसँग ३-० गोलको हार बेहोरेको बार्सिलोना दोस्रो खेलमापनि बेन्फिकासँग १-० गोलले स्तब्ध भएको थियो । इतिहासकै पहिलोपटक बार्सिलोनाले शुरुवाती दुई खेलमा हार बेहोर्दै प्रतियोगिताको शुरुवात गरेको हो ।
बार्सिलोनाले क्लबका लेजेन्ड जाभीलाई मुख्य प्रशिक्षकको रुपमा भित्र्याउने प्रयास गरिराखेको छ । जाभीले हाल कतारी क्लब अल साद समालिरहेका छन् ।