काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको हो । बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ र समीक्षा हुने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।
एमालेको ६ हजारभन्दा वडा र ६ सयभन्दा धेरै पालिकामा अधिवेशन गरिसकेको छ । अधिकांश स्थानमा अधिवेशन सर्वसम्मत भएको छ । बाँकी रहेका वडा र पालिकाको अधिवेशन कार्तिकभित्र सक्ने नेताहरुले बताएका छन् ।
बैठकमा राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिकाको विषयमा पनि छलफल हुने सचिव तामाङले जानकारी दिए । दशौं राष्ट्रिय महाधिवेशन मंसिर १०–१२ गतेसम्म चितवनमा हुनेछ ।