महिला विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप छनोट खेल्ने नेपाली राष्ट्रिय महिला टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

नेपाली टोलीको कप्तानको जिम्मेवारी रुबिन क्षेत्री बेलबासेले समाल्नेछिन् । रुबिनासँगै नेपाली टोलीमा डली भट्ट, सीता राना मगर, करुणा भण्डारी, इन्दु शर्मा, सरिता मगर, ज्योती पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुवर, अप्सरी बेगम, कविता जोशी र संगिता राई रहेका छन् ।

यस्तै वैकल्पिक खेलाडीमा सरस्वती जिएम, रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरी रहेका छन् । टोलीलाई प्रशिक्षण जगत टमटाले दिइराखेका छन् भने टिम व्यवस्थापकमा जयन्ती भट्ट रहेका छन् । नेपालले यहि नोभेम्बरमा मलेसियामा हुने एसियायी क्षेत्रको छनोटमा सहभागिता जनाउँदैछ । छनोटमा नेपालसँगै अयोजक मलेसिया, भुटान, कुवेत, हंङकङ, युएई, म्यानमार र चीन रहेका छ्न् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *