न्यायालयमा देखिएको विवादका विषयमा सत्ता गठबन्धन छिट्टै टुंगोमा पुग्छः प्रचण्ड

चितवन । सत्तारुढ पाँच दलीय गठबन्धन अहिले न्यायालयमा देखिएको विवादका विषयमा एक दुई दिनभित्र टुंगोमा पुग्ने भएको छ । मंगलबार चितवन पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग जोडिएर आएको न्यायलयसम्बन्धी विवादकाबारेमा गठबन्धन एक/दुई दिनभित्रै टुंगोमा पुग्ने बताएका हुन् ।

उनले सोमबार गठबन्धनका तीन दलबीच यसबारेमा छलफल भएको र अब पाँचै दल बसेर एउटा निष्कर्षमा पुग्ने बताए । अध्यक्ष प्रचण्डले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने विषयमा भने कुनै छलफल नभएको बताए ।

उनले भने, ‘न्यायलयको स्वतन्त्रतामा कतैबाट आँच नआओस् भने सन्दर्भमा हामी सबै सतर्क हुनुपर्छ । अहिले जुन डिवेट चलेको छ त्यो एक/दुई दिनभित्रै निष्कर्षमा पुग्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *