काठमाडौँ । नेपाल बार एशोसिएसन सल्लाहकार समितिले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अबिलम्ब राजीनामा दिन सुझाव दिएको छ । मंगलबार बसेको समितिको बैठकमा बारका ३७ जना सदस्यमध्ये ३६ जनाले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा नदिए देशभर आन्दोलन गर्नुपर्ने सुझाव दिएका हुन् ।
वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सल्लाहकार समिति सहितको बैठकमा ३७ जनाले सुझाव दिने क्रममा ३६ जनाले राजीनामा माग्नुपर्ने बताएका जानकारी दिए । उनले प्रधानन्यायाधीश जबराले राजीनामा नदिए देशव्यापी आन्दोलन गर्ने बताए ।
अर्का वरिष्ठ अधिवक्ता शम्भु थापाले बुधबारदेखि कानुन व्यवसायीहरुले सर्वोच्च अदालतमा बहस नगर्ने बताए । प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने र उनले गरेका गलत कामको छानबिन हुनुपर्ने आफूहरुको माग रहेको उनले बताए । थापाले प्रधानन्यायाधाीश जबरा पदमा रहेसम्म सर्वोच्चमा बहस बहिस्कार गर्ने बताए ।