मुस्कान खातुनलाई उपचारका लागि थप पाँच लाख दिने प्रदेश सरकारको निर्णय

जनकपुरधाम । एसिड पीडित पर्साकी मुस्कान खातुनलाई थप उपचारका लागी प्रदेश दुई सरकारले पाँच लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थप उपचारको लागि मुस्कानलाई थप पाँच लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

यसअघि प्रदेश सरकारले एसिड पीडित जनकपुरकी आरती साहलाई समेत पाँच लाख रुपैया उपलब्ध गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *