रुसी राष्ट्रपति पुटिन र बृटिश प्रधानमन्त्री जोन्सनबीच फोनवार्ता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र बृटिश प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनवार्ता भएको छ । उनीहरुबीच सोमबार फोनवार्ता भएको रुसी राष्ट्रपति कार्यालयले जनाएको छ । उनीहरुबीच आपसी हित र द्धिपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको कार्यालयले जनाएको छ ।

उनीहरुका बीचमा अन्तर्राष्ट्रिय विभिन्न विषय, विश्व राजनीतिका साथै कोरोना भाइरसको असरका बारेमा पनि कुराकानी भएको थियो ।

बीचमा खासगरी जलवायु परिवर्तनका बारेमा उनीहरुबीच विशेष कुराकानी भएको बताइएको छ । उनीहरुबीचमा जलवायु परिवर्तनका विषयमा हुन लागेको सयुक्त राष्ट्रसंघीय सम्मेलनका बारेमा कुराकानी भएको थियो ।

यसै हप्ता स्कटल्याण्डमा सयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन हुन लागेको छ । सम्मेलनको सफलताका लागि रुसी राष्ट्रपति पुटिनले शुभकामना व्यक्त गरेका थिए । साथै अफगानिस्तानको पछिल्लो अवस्थाका साथै युक्रेनको द्वन्द्वका विषयमा पनि उनीहरुका बीचमा कुराकानी भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *