काठमाडौं, कार्तिक ९ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कारण आज देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहने देखिएको छ ।
आज दिउँसो देशको पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली र तराईका भु–भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ। देशका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, रातीसम्म देशको पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली र तराईका भु–भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ। उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हिमपातको सम्भावना रहेको छ ।