स्वामी श्रीनिश्चलानन्द आज नेपाल आउँदै

काठमाडौं। भैरहवामा आयोजना गर्न लागिएको धर्मसभालाई सम्बोधन गर्न जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्द आज नेपाल आउँदै छन्। भैरहवाको महेन्द्रसभा गृहमा हुने धर्मसभामा सहभागी हुन शङ्कराचार्य नेपाल आउन लागेका हुन् ।

वैदिक, बौद्ध, जैन, सिख, किरात, बोनलगायत सनातन ओमकार परिवजारको विशेषता, पहिचान र सम्मान कायम गर्न नेपालको संविधानमा सनातन हिन्दू धर्म सापेक्षेताको पहिचान पुनःस्थापित गर्ने ध्ययेले धर्मसभा आयोजना गर्न लागिएको हो ।

समस्त ओमकार परिवारबीच एकता कायम गर्नेगरी राष्ट्र, राष्ट्रियता, स्वधर्म र स्वसंस्कृतिको रक्षाका लागि एकजुट भई विश्व ओमकार एकता महाअभियानको सिलसिलामा धर्मसभाको आयोजना गरिएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *