आज र भोलि हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार र भोली आइतबार देशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि सामान्य बदली र हने सम्भावना छ। आज प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बाँकी प्रदेशहरूका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जारी सुचनामा उल्लेख छ। त्यस्तै, आज रातीसम्म देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *