धमाधम खारेज हुँदै ओली सरकारका नियुक्ति

काठमाडौं । सरकारले पूर्ववर्ती केपी ओली ओली नेतत्व सरकारले गरेका राजनीतिक नियुक्ति धमाधम उल्ट्याउन थालेको छ। सरकारको नेतृत्व फेरिनेबित्तिकै अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति फेरबदल हुने परम्परा नै भएको छ।

ओली सरकारले गरेका केही स्थायी प्रकृतिका नियुक्तिसमेत देउवा सरकारले उल्ट्याएको छ। केही नियुक्तिबारेमा अदालतमा मुद्दा दायर गरिएको छ भने केही मुद्दा विचाराधीन अवस्थामा छन्। राज्यका महत्वपूर्ण अंगमा ओलीले आफ्नो सेटिङ तयार गरेको आरोप त्यसबेला नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरूले लगाएका थिए। ओली सरकार ढल्नेबित्तिकै ओलीले गरेका नियुक्ति संकटमा परेका छन्।

यद्यपि ओली सरकारका सबै नियुक्ति उल्ट्याउने सरकारको नीति नभएको एक मन्त्रीको भनाइ छ। देउवा सरकार गत असार २९ गते गठन भएको थियो। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *