USAID

संयुक्त राष्ट्रसंघद्वारा सेन्ट्रल अफ्रिकन रिपब्लिकमा भएको युद्धविरामको स्वागत


संयुक्त राष्ट्रसंघले सेन्ट्रल अफ्रिकन रिपब्लिक सरकारले एकतर्फी रुपमा जारी गरेको युद्धविरामको स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले हिंसाग्रस्त सो देशको सरकारले यहाँ एकतर्फी रुपमा शुक्रबार युद्धविराम गरेको छ ।

यहाँको सरकारले एकतर्फी रुपमा गरेको युद्धविरामको स्वागत गर्दै अर्काे पक्षलाई पनि वार्ताको टेबलमा बस्न तथा शान्तिपूर्ण रुपमा समाधान खोज्न महासचिव गुटेर्रेसले आग्रह गरेका छन् । उनले मध्य अफ्रिकी यस देशका सबै पक्षलाई यहाँ शान्तिपूर्ण वार्ताका माध्यमबाट राजनीतिक समाधान खोज्न आग्रह गरेका छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *