लेस्चरसँग युनाइटेड पराजित

एजेन्सी। इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले हार बेहोरेको छ । शनिबार बेलुकी भएको खेलमा युनाइटेड लेस्चर सिटीसँग ४-२ गोलले पराजित भएको हो ।

किङ पावर रंगशालामा भएको खेलमा लेस्चरलाई जित दिलाउन योउरी टिएलेमानस, काग्लार सोयुन्चु, जेमि भार्डी र पाट्सोन डाकाले समान एक/एक गोल गरे । युनाइटेडको लागि मेसन ग्रिनवुड र मार्कुस रासफोर्डले एक/एक गोल गरे । खेलको १९ औं मिनेटमा फर्नान्डेजको पासमा ग्रिनवुडले गोल गर्दै युनाइटेडलाई खेलमा अगाडि बढाएका थिए ।

३१ औं मिनेटमा इहेनाचोको पासमा टिएलेमानसले गोल गर्दै लेस्चरलाई बराबरीमा ल्याए । ७८ औं मिनेटमा पेरेजको पासमा सोयुन्चुले गोल गर्दै लेस्चरलाई अग्रता दिलाएका थिए । ८२ औं मिनेटमा लिन्डेलोफको पासमा रासफोर्डले गोल गर्दै युनाइटेडलाई २-२ गोलको स्थितिमा ल्याएका थिए ।

लगत्तै पेरेजको पासमा भार्डीले गोल गर्दै लेस्चरलाई फेरि खेलमा अगाडि बढाए । यस्तै अतिरिक्त समयको पहिलो मिनेटमा पाट्सन डाकाले गोल गर्दै लेस्चर सिटीलाई ४-२ गोलको जित दिलाए । जितसँगै लेस्चर ८ खेलबाट ११ अङ्क जोड्दै लिगको ११ औं स्थानमा उक्लिएको छ । पराजित युनाइटेड ८ खेलबाट १४ अङ्कको साथ पाँचौ स्थानमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *