दोस्रो हाफको शुरुवातमै नेपाल २ गोलले पछाडी

काठमाडौं । माल्दिभ्समा जारि साफ च्याम्पियनसिपको फाइनल खेलमा भारतले शुरुवाती अग्रता लिएको छ । खेलको दोस्रो हाफ चलिरहँदा भारतले नेपाल विरुद्ध २-० गोल लिएको छ ।

मालेस्थित राष्ट्रिय रंगशालामा जारी फाइनल खेलमा भारतलाई अग्रता दिलाउन कप्तान सुनिल क्षेत्री र सुरेश सिंहले एक/एक गोल गरे । ४८ औं मिनेटमा प्रितम कोटालको क्रसमा सुनिलले हेडिङ गोल गर्दै भारतलाई खेलमा अगाडि बढाएका हुन् । त्यसको दुई मिनेट बित्न नपाउँदै यासिरको पासमा सुरेशले गोल गर्दै भारतको अग्रता दोब्बर बनाए ।

यसअघि खेलको चौथो मिनेटमै भारतका याशिरले डि-बक्स बाहिरबाट हानेको बल किरण चेम्जोङले राम्रो समात्न नसकेपनि रिवाउन्डमा हानेको बललाई आफैले बचाए । छैटौं मिनेटमा सुमन लामाले हानेको प्रहार भारतीय गोलरक्षक गुरप्रित सिंहले बचाए ।

१७ औं मिनेटमा सुजलले डि-बक्समा दिएको क्रसलाई रोहितले राम्रोसँग कट्रोल गर्न नसक्दा नेपालले गोल गर्ने मौका चुकाएको थियो । २७ औं मिनेटमा अनिरुध थापाको पासमा सुनिल क्षेत्रीले गरेको प्रहार नेपालका गोलरक्षक किरण चेम्जोङले रोके । पहिलो हाफको अन्तिम समयमा भारतले सुन्दर मौका गुमायो । मैदानको दायाँ भागबाट प्रितमले गरेको क्रसमा सुनिलको भली आकासिदा भारतले अग्रता लिने मौका गुमाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *