USAID

चीन-भारत सम्बन्धमा तनाबः भारतीय उपराष्ट्रपतिको अरुणाचल भ्रमणको चीनद्वारा विरोध


काठमाडौँ । चीनले भारतीय उपराष्ट्रपति एम वैंकया नायडुको अरुणाचल भ्रमणको चर्को विरोध गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले मन्त्रालयद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा साे भ्रमणको विरोध गरेका हुन् ।

प्रवक्ता चाओले भने, ‘चीन अवैधरुपमा गठन गरिएको अरुणाचल प्रदेशलाई मान्यता दिन सक्दैन । भारतका उपराष्ट्रपति वैंकया नायडूको त्यस क्षेत्रको भ्रमणको कडा विरोध गर्दछौँ ।’

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले दुई मुलुकबीचको मौजुदा सीमा विवादलाई थप पेचिलो बनाउनबाट जोगिनुपर्नेसमेत उल्लेख गरेका छन् । भारतले चिनियाँ चिन्ताको सम्मान गर्नुपर्ने कुरा उनले जाेड दिएका छन् ।

चिनियाँ प्रवक्ताको उक्त भनाइप्रति भारतीय विदेश मन्त्रालयले अस्वीकार गरेको छ । भारतले भनेको छ, ‘हामीले चिनियाँ प्रवक्ताको आधिकारिक टिप्पणीलाई हामीले देखेका छौँ । त्यस्तो टिप्पणीलाई अस्वीकार गर्दछौँ ।’ भारतले अरुणाचल प्रदेशमा चिनियाँ दाबीलाई सधैं खारेज गर्दै आएको छ ।

यसअघि भारत र चीनले लद्दाखमा देखिएको सीमा विवाद समाधान गर्न भन्दै १३ पटक वार्ता गरेका छन् । तर वार्ताबाट कुनै ठोस निश्कर्ष भने निस्किएको छैन ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *