USAID

पहिलो हाफमा नेपाल एक गोलले पछाडि


काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत भएको खेलमा नेपाल एक गोलले पछाडि परेको छ । पहिलो हाफको समाप्तिमा नेपाल बंगलादेशविरुद्ध १-० गोलले पछाडि रहेको छ ।

मालेस्थित राष्ट्रिय रंगशालामा जारी खेलमा बंगलादेशको लागि सुमन रेजाले एक गोल गरे । खेलको नवौं मिनेटमा सुमन रेजाले गोल गर्दै बंगलादेशलाई खेलमा अगाडि बढाएका हुन् । खेलमा नेपालले लगातर आक्रमण बुनेपनि बललाई पोस्टको दिशा दिन नसक्दा एक गोलले पछि परेको हो ।

पहिलोपटक फाइनल पुग्दै उपाधि जित्ने लक्ष्यसाथ माल्दिभ्स पुगेको नेपाली टोलीलाई फाइनल पुग्नको लागि आजको खेलमा कम्तिमा बराबरीको नतिजा आवश्यकता रहेको छ । आजको खेलमा पराजित भएको खण्डमा नेपालको फाइनल पुग्ने सम्भावना समाप्त हुनेछ ।

तस्बिर:- साफ


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *