थप ३२६ जनामा कोरोना संक्रमण, ४ को मृत्यु, ६०९ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३२६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८०३८७८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६०९ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७७८३५० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११२६१ पुगेको छ । क्वारेन्टाइनमा २३२ जना छन् भने आइसोलेसनमा १४२६७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *