USAID

राष्ट्रपति भण्डारीद्वारा सडक दुर्घटना रोक्न नियामक निकायकाे ध्यानाकर्षण


काठमाडौँ  । राष्ट्रपति विद्यादेवी भण्डारीले चाड पर्वका बेला सवारी दुर्घटनाका घटना बारम्बार दोहोरिरहेकाले सतकर्तता अपनाउन सम्बन्धित निकायकाे  ध्यानाकर्षण गराएकी छन् ।

राष्ट्रपति भण्डारीले मंगलबार राति अबेर ट्विट गर्दै केही दिन यता धेरै जनधनको क्षति हुने गरी सडक दुर्घटना भएकाले यस्ता घटना दोहोरिन नदिन नियामक निकाय‚ सेवाप्रदायक तथा सेवाग्राहीले सतर्कता अपनाउनुपर्ने भन्दै ध्यानाकर्षण गराएकी हुन् ।

राष्ट्रपति भण्डारीले मुगु, सिन्धुपाल्चोक, अछाम, स्याङ्जा, डढेल्धुरा, कास्कीलगायत विभिन्न ठाउँमा भएको दुर्घटनामा धेरै सर्वसाधरणले ज्यान गुमाउँदा आफू मर्माहत भएको पनि बताएकी छन् । साथै, घाइतेहरुको स्वास्थ्य लाभको कामना गरेकी छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *