बाग्लुङमा उत्पादित माैरीघार भारतकाे सिक्किममा निर्यात

बागलुङ । बागलुङको बलेवाका एक किसानले उत्पादन गरेको आधुनिक मौरीघार भारतको सिक्किम राज्यमा निर्यात हुन थालेका छन् । बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौरका जीवनबाबु खत्रीले सञ्चालन गरेको बलेवा मौरीपालन उद्योगमा उत्पादित मौरी घार सिक्किममा निर्यात हुन थालेका हुन् ।

लामो समयदेखि सामान्य घरेलु उद्यमका रूपमा मौरीघार निर्माण गर्दै आएका खत्रीले अहिले उक्त उद्यमलाई व्यावसायिक रूपमा उद्योगका रूपमा स्थापित गरेका थिए । अहिले उद्योगले माहुरीसहितका र माहुरी नभएका खाली घार उत्पादन गरी बिक्री गर्दै आइरहेको छ ।

सिक्किम सरकारको कृषि विज्ञान केन्द्रले माहुरीका घार खरिदको सूचना प्रकाशन भएपछि उद्योगले मूल्यसूची पेस गरेकोमा स्वीकृत भई घार निर्यात भइरहेको सञ्चालक खत्रीले बताएकाे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *