USAID

मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटना गलतः बाबुराम भट्टराई

चितवन । जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सुकुम्बासी समस्या दिगोरुपमा समाधान गर्नुपर्ने बताएका छन् । पत्रकारसँग सोमबार कुराकानी गर्दै उनले वास्तविक सुकुम्बासीहरुको पहिचान गरी तिनीहरुको समस्या समाधानका लागि सरकारले काम गर्नुपर्ने बताए ।

उनले भने, “सुकुम्बासी समस्या समाधानका लागि सरकारको स्पष्ट नीति नहुँदा समस्या आयो ।” आइतबार बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटना गलत भएको भन्दै उनले सुकुम्बासी समस्या समाधान गर्नतर्फ सरकारले ध्यान केन्द्रित गर्नुपर्ने बताए । उनले भने, “वास्तविक सुकुम्बासी पहिचान गराँै, तितरवितर पार्नु समस्याको समाधान होइन ।”

भट्टराईले विगतमा एकखाले प्रव