USAID

चेन्नई ईपीएलको फाइनलमा

एजेन्सी । चेन्नई सुपर किङ्स १२ औं संस्करणको इन्डियन प्रिमियर लिग(ईपीएल)को फाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको फाइनल खेलमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गर्दै चेन्नई नवौं पटक ईपीएलको फाइनलमा पुगेको हो ।

जितको लागि १ सय ७३ रनको लक्ष्य पछ्याएको चेन्नईले १९.४ ओभरमा ६ विकेटको क्षतिमा १ सय ७३ रन बनाउँदै लक्ष्य भेट्टायो । रुतराज गैकवाड र रोबिन उथप्पाले दोस्रो विकेटको लागि शतकिय साझेदारी गर्दै चेन्नईलाई जिततर्फ लम्काएका थिए । गैकवाडले ५० बलमा ५ चौका र २ छक्काको सहयोगमा ७० रन जोडे । उथप्पाले ४४ बलमा ७ चौका र २ छक्कासहित ६३ रन बनाउँदा कप्तान महेन्द्र सिंह धोनीले १८ र मोइन अलीले १६ रनको योगदान गरे ।