USAID

नेसन्स लिग: इटालीलाई तेस्रो स्थान

एजेन्सी । युरो च्याम्पियन इटालीले युईएफए नेसन्स कपमा तेस्रो स्थान हात पारेको छ । आइतबार राति तेस्रो स्थानको लागि भएको खेलमा इटालीले बेल्जियमलाई २-१ गोलले पराजित गरेको हो ।

एल्लिनाज रंगशालामा भएको खेलमा इटालीलाई जित दिलाउन निकोलो बारेला र डोमेनिको बेरार्डीले समान एक/एक गोल गरे । बेल्जियमको लागि चार्लेस डी केटेलाएरेले एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४७ औं मिनेटमा बारेलाले गोल गर्दै इटालीलाई खेलमा अगाडि बढाएका थिए ।

६५ औं मिनेटमा बेरार्डीले पेनाल्टीमा गोल गर्दै इटालीको अग्रता दोब्बर बनाए । चिएसालाई विपक्षी खेलाडी कास्टाग्नेले डि-बक्सभित्र लडाएपछि इटालीले पेनाल्टी जितेको हो । ८६ औं मिनेटमा केभिन डी ब्रुयनको पासमा केटेलाएरेले गोल गर्दै बेल्जियमलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर बाँकी समयमा थप गोल गर्न नसक्दा इटाली २-१ गोलले विजयी भयो ।

जितसँगै इटालीले तेस्रो स्थान हात पारेको छ । आजै ह