USAID

साफ च्याम्पियनसिपमा माल्दिभ्सको दोस्रो जित

काठमाडौं । घरेलु मैदानमा जारी साफ च्याम्पियनसिप फूटबलमा माल्दिभ्सले दोस्रो जित निकालेको छ । आइतबार बेलुकी भएको खेलमा माल्दिभ्सले श्रीलंकालाई १-० गोलले पराजित गरेको हो ।

माल्दिभ्सलाई जित दिलाउन अली अस्फाकले एक गोल गरे । पहिलो हाफको सातौं मिनेटमै अलीले गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडि बढाएका थिए । अलीको प्रतियोगितामा यो २२ औं गोल हो । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेलमा माल्दिभ्स १-० गोलले विजयी भयो ।

जितसँगै माल्दिभ्स ३ खेलबाट ६ अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शिर्ष स्थानमा रहेको नेपालकोपनि २ खेलबाट ६ अङ्क रहेको छ । पराजित श्रीलंका भने ४ खेलबाट १ अङ्क जोड्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

आजै हुने दोस्रो खेलमा नेपाल र भारत भिड्दैछन् । मालेस्थित राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समय अनुसार राति ९:४५ बजे शुरु हुनेछ । आजको खेल जितेको खण्डमा नेपाल एक खेल अगावै फाइनलमा