USAID

छब्दी देउरालीमा स्थगित वडास्तरीय भलिबल प्रतियोगिता कार्तिक १४ गतेबाट हुने

तनहुँ । कोरोना महामारीको कारण स्थगित प्रथम साविक गाउँ तथा वडास्तरीय पुरुष/भेट्रान्स भलिबल प्रतियोगिता यही कार्तिक १४ गतेबाट सञ्चालन हुने भएको छ । शुक्लागण्डकी नगरपालिका-१०, छब्दी देउरालीस्थित कुसुन्डे खेल मैदानमा हुने प्रतियोगिता २०७८ कार्तिक १४ गतेदेखि १८ गतेसम्म चल्ने आयोजकले जनाएको हो ।

छब्दी देउराली युथ क्लबको आयोजनामा २०७८ वैशाख २१ गतेदेखि २५ गतेसम्म आयोजना हुने भनिएकाे प्रतियाेगिता कोभिड-१९ को बन्दाबन्दीको कारण स्थगित गरिएको थियो । तर पछिल्लो समय कोरोना संक्रमण घट्दै गएको र खेलकुद गतिविधि पनि चलायमान हुँदै गएपछि प्रतियोगिता संचालन गर्न लागेको आयोजकले