USAID

बेलोन डी’ओर अवार्डको मनोनयनमा परेका खेलाडीको नामवली सार्वजनिक

एजेन्सी । बेलोन डी’ओर २०२१ को मनोनयनमा परेका खेलाडीको नामवली सार्वजनिक भएको छ । फ्रान्स फूटबलले शुक्रवार राति मनोनयनमा परेका ३० खेलाडीको नाम सार्वजनिक गरेको छ ।

गत वर्षको बेलोन डी’ओर अवार्ड कोरोना भाइरस महामारीको कारण स्थगित भएको थियो । अर्जेन्टिनाबाट पहिलो पटक अन्तराष्ट्रिय उपाधि जितेका पेरिस सेन्ट जर्मन(पीएसजी)का स्टार खेलाडी लियोनल मेस्सी सातौं पटक बेलोन डी’ओर जित्ने दाउमा छन् । तर त्यसको लागि उनले कडा चुनौतीको सामना गर्नुपर्नेछ ।

गत वर्ष उत्कृष्ट प्रदर्शनका बाबजुद बेलोन डी’ओर स्थगित हुँदा अभागी ठहरिएका बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की यसपटकपनि अवार्डको बलियो दाबेदार हुन् । यस्तै चेल्सीका मिडफिल्डर जोर्जोन्हो र एन्ग्लो कान्टेपनि पहिलो पटक बेलोन डी’ओर जित्न सक्ने खेलाडी हुन् । जोर्जिन्हो चेल्सीले च्याम्पियन्स लिग र युरोकप जित्दा महत्त्वपूर्ण खेलाडी थिए । कान्टेको नकआउट चरणमा उत्कृष्ट प्रदर्शनका कारण चेल्सीले च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

लगातार दोस्रो वर्ष प्रिमियर लिगको सर्वोत्कृष्ट खेलाडी चुनिएका म्यानचेस्टर सिटीका बेल्जियन मिडफिल्डर केभिन डी ब्रुयनपनि अवार्डको बलियो दाबेदार हुन् । यसै वर्ष म्यानचेस्टर युनाइटेड फर्किएका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र रियल म्याड्रिका महत्त्वपूर्ण सदस्य करिम बेन्जिमापनि मनोनयनमा रहेका छन् ।

बेलोन डी’ओर २०२१ को मनोनयनमा परेका खेलाडीहरु

रियाद महारेज (म्यानचेस्टर सिटी)
एन्ग्लो कान्टे (चेल्सी)
इर्लिङ हालान्ड (बोरुसिया डर्टमण्ड)
लिओनार्दो बोनुची (युभेन्टस)
मासोन माउन्ट (चेल्सी)
ह्यारी केन (टोटेन्हाम)
जिआन्लुगी डोरारुमा (एसी मिलान, पेरिस सेन्ट जर्मन)
करिम बेन्जिमा (रियल म्याड्रिड)
रहिम स्टेर्लिङ (म्यानचेस्टर सिटी)
निकोलो बारेला (इन्टर मिलान)
लियोनल मेस्सी (बार्सिलोना, पेरिस सेन्ट जर्मन)
ब्रुनो फर्नान्डेज (म्यानचेस्टर युनाइटेड)
पेड्री (बार्सिलोना)
लुका मोड्रिक (रियल म्याड्रिड)
जिओर्जिन्हो चिलिनी (युभेन्टस)
केभिन डी ब्रुयन (म्यानचेस्टर सिटी)
नेयमार (पेरिस सेन्ट जर्मन)
रुबिन डियाज (म्यानचेस्टर सिटी)
लौटारो मार्टिनेज (इन्टर मिलान)
साइमोन काजार (एसी मिलान)
रोबर्ट लेवान्डोअकी (बायर्न म्युनिख)
जोर्जिन्हो (चेल्सी)
मोहमद सलाह (लिभरपुल)
सेसार अज्पिलिकुएटा (चेल्सी)
रोमेलु लुकाकु (इन्टर मिलान, चेल्सी)
क्रिस्टियानो रोनाल्डो (युभेन्टस, म्यानचेस्टर युनाइटेड)
जेराड मोरिनो (भिल्लारियल)
फिल फोडेन (म्यानचेस्टर युनाइटेड)
कालियन एम्बाप्पे (पेरिस सेन्ट जर्मन)
लुइस सुआरेज (एथ्लेटिको म्याड्रिड)

CivActsAd

Leave a Reply

Your email address will not be published.