‘गैर सांसद’को सहभागिताले ‘परमादेश’ लेनदेनको आधारमा भएको प्रमाणित भयोः कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘गैर सांसद’को सहभागिताले ’परमादेश’ लेनदेनको आधारमा भएको प्रमाणित भएको बताएका छन् ।

शुक्रबार मन्त्रिपरिषदमा गैरसांसद गजेन्द्र हमाललाई आपूर्तिमन्त्री नियुक्त गरेपछि अध्यक्ष थापाले यसबाट परमादेश लेनदेनका आधारमा प्रमाणित भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘वर्तमान गठबन्धन मन्त्रिपरिषदमा एक ‘गैर सांसद’को सहभागिताले ‘परमादेश’ लेनदेनको आधारमा भएको प्रमाणित भएको छ । न्यायपालिकाको विश्वसनीयतामा अपूरणीय क्षति भयो । कानुनी राज्यको अवधारणा र लोकतन्त्रको चीरहरण भएको छ । गठबन्धन नाङ्गो भएको छ । प्रधानन्यायाधीशले पदमा रहने नैतिकता गुमाउनु भयो ।’

प्रधानन्यायाधीश चालेन्द्र शम्सेर जबराले मन्त्रिपरिषदमा भाग खोजेको सामाचार केही दिन सार्वजनिक भएको थियो । तर प्रधानन्यायाधीशले त्यस्तो समाचारमा सत्यता नभएको प्रष्टीकरण दिएका थिए ।

त्यस्तै उनले सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीहरुसँग भएको भेटमा प्रधानन्यायाधीश जबराले हमाल शेरबहादुर सरहको कांग्रेसको नेता भएको दाबी गरेका थिए । देउवाले कांग्रेस प्रजातान्त्रिक बनाउँदा बाँके सभापति बनेका हमाल पछिल्लो समय सक्रिय राजनीतिमै थिएनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *