नाइजेरियामा बन्दुकधारीद्वारा १० गाउँलेको हत्या

नाइजेरियाको एक गाउँमा अज्ञात बन्दुकधारीहरुले कम्तीमा पनि १० जना गाउँलेको हत्या गरेका छन् । उनीहरुले एक गाउँमा पसेर अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।

त्यसक्रममा कम्तीमा पनि १० जना गाउँलेको ज्यान गएको छ भने अरु केही घाइते भएका छन् ।नाइजेरियाको उत्तरपश्चिमी कातासिना नामक राज्यको एक दुर्गम गाउँमा हत्या भएको हो ।

उक्त गाउँमा बुधबार राति घटना भएको सञ्चारमाध्यमहरुले जानकारी दिएका हुन् । उक्त राज्यका प्रहरी प्रवक्ता गाम्बो इसाले सो गाउँमा बन्दुकधारीहरुले दुःखद घटना घटाएका बताएका छन् ।

उनकाअनुसार नाम नखुलेका ती व्यक्तिले गाउँलेमाथि बन्दुकले हमला गरेका र त्यसमा परेर १० जनाको ज्यान जानुको साथै अरु ११ जना नराम्ररी घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल पुर्याइएको र त्यस हत्यामा सलग्नहरुको खोजी गरी घटनाको अनुसन्धान थालिएको पनि ती प्रवक्ताले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *