सन् २०२१ सम्म ४० प्रतिशतलाई खोप लगाउने डब्लूएचओको लक्ष्य

विश्वस्वास्थ्य संगठनले सन् २०२१ को अन्त्यसम्ममा विश्वका कम्तीमा पनि ४० प्रतिशत जनसंख्यालाई खोप लगाइसक्नुपर्ने लक्ष्य निर्धारण गरेको छ । विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशमा सन् २०२२ को मध्य सम्ममा कम्तीमा पनि ७० प्रतिशत नागरिकले दुवै अर्थात् पूरा मात्रा खोप लगाउनुपर्ने लक्ष्य निर्धारण गरेको हो ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेडरस आधनम गेब्रियसले लक्ष्यका बारेमा विश्वका देशहरुलाई जानकारी गराएका हुन् । उनले विश्वका कोरोनाविरुद्धको खोप एक चुनौती बन्दै गएको भन्दै यसका लागि आवश्यक वातावरण बनाउन पनि विश्वका देशहरुलाई आग्रह गरेका छन् ।

उनले बाच्न पाउनु हरेक नागरिकको अधिकार हो भन्दै विश्वका धनी देशहरुले गरिब तथा तेस्रो विश्वका देशहरुलाई कोरोनाविरुद्धको खोपको सहयोगका लागि पनि आग्रह गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *