मालीमा भएको आतङ्ककारी हमलामा कम्तीमा १६ सैनिकको मृत्यु

मालीमा आतंककारीहरुले गरेको आक्रमणमा परेर कम्तीमा पनि १६ जना सैनिक मारिएका छन् । मालीको राष्ट्रिय सेनाले घटनाबारे जानकारी दिएको हो । मध्य मालीमा बुधबार आतंककारीहरुले सेनामाथि नै हमला गरेका थिए ।

मालीको सेनाले यहाँका अरु नौ जना सैनिक पनि घाइते भएका बताएको छ । मध्य मालीको बान्डिगारा बाटोमा सेनाको गस्तीका क्रममा आतंककारीहरुले हमला गरेका थिए । राष्टिय सेनाले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा आतंककारीहरुले गरेको हमलामा परेर ११ जना सेना र १५ जना आतंककारी मारिएको जनाएको थियो ।

आक्रमणका क्रममा घाइते भएकाहरुको बिहीबार निधन भएको थियो । सेनाले सो हमला निकै शक्तिशाली र घातक रहेको भन्दै आक्रमणबाट मारिनको संख्या अझ बढ्न सक्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *