USAID

फ्रान्स नेसन्स लिगको फाइनलमा

एजेन्सी । विश्व विजेता फ्रान्स युईएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा बेल्जियमलाई ३-२ गोलले पराजित गर्दै फ्रान्सले फाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो ।

जर्मनीमा भएको खेलमा फ्रान्सलाई जित दिलाउन करिम बेन्जिमा, कालियन एम्बाप्पे र थिओ हेर्नान्डेजले समान १/१ गोल गरे । बेल्जियमको लागि यन्निक कारास्को र रोमेलु लुकाकुले समान १/१ गोल गरे । खेलमा लिएको २ गोलको अग्रता जोगाउन नसक्दा बेल्जियम पराजित हुन बाध्य भयो । खेलको ३७ औं मिनेटमा केभिन डी ब्रुयनको पासमा कारास्कोले गोल गर्दै बेल्जियमलाई शुरुवाती अग्रता दिलाएका थिए ।

४० औं मिनेटमा ब्रुयनकै पासमा लुकाकुले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर बनाए । ६२ औं मिनेटमा एम्बाप्पेको पासमा बेन्जिमाले गोल गर्दै फ्रान्सलाई २-१ गोलको अवस्थामा ल्याए । ६९ औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई २-२ गोलको बराबरीमा ल्याए ।

८७ औं मिनेटमा लुकाकुले गोल गरेपनि भ