USAID

आयोजक माल्दिभ्सको पहिलो जित

काठमाडौं । साफ च्याम्पियनसिप फूटबल प्रतियोगितामा आयोजक माल्दिभ्सले पहिलो जित निकालेको छ । बिहीबार राति भएको खेलमा बंगलादेशलाई २-० गोलले पराजित गर्दै माल्दिभ्सले साफमा पहिलो जित दर्ता गरेको हो ।

मालेस्थित राष्ट्रिय फूटबल रंगशालामा भएको खेलमा माल्दिभ्सलाई जित दिलाउन अलि अस्फाक र हाम्जा मोहमेदले समान एक/एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा माल्दिभ्सले दुई गोल गरेको हो । खेलको ५५ औं मिनेटमा मोहमेदले डि-बक्स भित्रबाट उत्कृष्ट बाइसाइकल किकमा गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडि बढाएका थिए ।

७४ औं मिनेटमा प्रतियोगिताको इतिहासकै सर्वाधिक गोलकर्ता अस्फाकले पेनाल्टीमा गोल गर्दै माल्दिभ्सको अग्रता दोब्बर बनाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा माल्दिभ्स २-० गोलले विजयी भयो ।

जितसँग