USAID

सहकारीले समुदायलाई उत्पादनसँग जोड्नुपर्छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकार, समुदाय र निजी क्षेत्रको सहकार्यमा देशको अर्थतन्त्रलाई थप गतिशील बनाउनुपर्नेमा जोड दिएका छन् ।

स्युचाटार बचत तथा ऋण सहकारी संस्थाको १५औँ वार्षिकोत्सव तथा साधारणसभामा उनले सरकारले समन्वयकारी भूमिकामा रहेर व्यवस्थापन गर्ने भएकाले समुदायलाई उत्पादनसँग जोड्नुपर्ने बताए ।

“समुदायलाई नै जोडेर विकास र प्रगतिको बाटोमा जानुपर्छ । सरकार, समुदाय र निजी क्षेत्र यी तीन वटा कुरालाई जोडेर जाने हो । यसमा समुदाय मुख्य हो”, उनले भने । हरेक वडामा सहकारी संस्थाले उत्पादन गरोस् र सरकारका कार्यक्रमलाई सहयोग गरेर रोजगारी सिर्जना गरोस् भन्ने आफूहरुको चाहना रहेको अर्थमन्त्रीको भनाइ थियो ।

अर्थमन्त्रीले सहकारीले अधिकांश लगानी अनुत्पादक क्षेत्रमा लगाएको तथ्याङ्कबाट देखिएको भन्दै त