श्रीलंकासँग बराबरीमा रोकियो भारत

काठमाडौं । माल्दिभ्समा जारि साफ च्याम्पियनसिप फूटबल प्रतियोगितामा भारतले लगातार दोस्रो बराबरी खेलेको छ । मालेस्थित राष्ट्रिय फूटबल रंगशालामा भएको खेलमा भारत श्रीलंकासँग गोलरहित बराबरीमा रोकिएको हो ।

तुलात्मक रुपमा बलियो मानिएको भारतले खेलमा गोल गर्ने थुप्रै अवसर सिर्जना गरेपनि बललाई जाली चुमाउन नसक्दा बराबरीमा रोकिएको हो । बराबरीसँगै दुवै टोलीले १/१ अंक बाढेका छन् । पहिलो खेलमापनि भारतले बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको थियो ।

यससँगै भारत २ खेलबाट २ अंक जोड्दै अंकतालिकाको तेस्रो स्थानमा रहेको छ । तीन खेलबाट १ अंक जोडेको श्रीलंका चौथो स्थानमा छ । आजै हुने दोस्रो खेलमा आयोजक माल्दिभ्स र बंगलादेश भिड्नेछन् । खेल नेपाली समय अनुसार राति ९:४५ बजे शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *