USAID

मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको प्रयास असफल, मन्त्रालय भागवण्डामै गठबन्धनमा विवाद

काठमाडौं । बडा दशैंको पहिलो दिन बिहीबार मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयास विफल भएको छ । बिहीबार सत्ता गठबन्धनमाा चार दलका शीर्ष नेताहरु मन्त्रिपरिषदलाई पूर्णता दिने गरी वालुवाटारमा वैठक गरेका थिए ।

प्रधानमन्त्री निवासमा भएको शीर्ष नेताको वैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी रहेका थिए ।

तर सत्तारुढ गठबन्धनमा रहेका दलहरुले मन्त्रीको नाम करिब टुंगो लगाइसक